जुम्लामा ग्यास लिक भएर आगलागी हुँदा ५ जनाको उद्धार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जुम्लामा ग्यास लिक भएर आगलागी हुँदा ५ जनाको उद्धार


६ फाल्गुन २०७९, शनिबार


जुम्ला । जुम्लामा ग्यास लिक हुँदा आगलागी भएको छ । चन्दननाथ नगरपालिका-६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।

प्रहरका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा ४ वटा कोठा र माथि तला जाने भर्‍याङमा क्षति पुगेको छ । सो घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा एक्कासी रेगुलेटरमा आगो निस्केर आगजनी भएको हो । लिक भइरहेको आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि आगलागी भएको थियो । ।

घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले पानीले आगो नियन्त्रणमा लिएको छ ।

आगलागी भइरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका मानिसहरूको उद्धार गरिएको छ । सोही घरको दोस्रो र तेस्रो तलामा बस्ने सरस्वती बुढ्थापा, प्रमीला बुढा, कर्म कन्या हमाल, पूजा बुढा र माया लक्ष्मी बुढाको त्यसभन्दा पल्लो निर्माणाधीन घरमा भर्‍याङ राखेर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय गोपाल रोकायाले दमकल समयमै दमकल आए पनि आगलागी भएको घरसम्म पुग्ने बाटो नभएका कारण आगो निभाउन जान सकेन । तर नजिकै रहेको कालीबहादुर बुढाको घरको ट्याङ्कीबाट पानी झिकेर आगो निभाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस