सिंहदरवारका बरन्डाका कर्मचारीलाई पालिकामा पठाउँछौ : मन्त्री मोदी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारका बरन्डाका कर्मचारीलाई पालिकामा पठाउँछौ : मन्त्री मोदी


५ फाल्गुन २०७९, शुक्रबार


विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सिंहदरवारका बरन्डामा घुमिरहेका कर्मचारीलाई पालिकाहरूमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको कुराकानीका क्रममा मन्त्री मोदीले सो कुरा बताएका हुन् । 

 ‘सिंहदरवारका बरन्डा र दरबन्दी नभएका ठाउँमा कर्मचारीहरू के-कति कारणले बसिरहेका छन्, त्यसको कारण खोजेर हामी सबैलाई स्थानीय तहमा पठाउँछौ’ मन्त्री मोदीले भने । 

हालै बढुवा भएका उपसचिवहरूलाई कसैको कुरा नसुनीकन रिक्त रहेको स्थानीय तहमा खटाएको पनि उनको भनाई थियो । 

पहाडी इलाकाको दुर्गम क्षेत्रमा कर्मचारी जान नमानिरहेको बताउँदै जनताको सेवाका लागि कर्मचारीलाई अनिवार्य रूपमा खटाउने पनि उनले बताए । मन्त्री मोदीले संसद्को जारी अधिवेशनमै सङ्घीय निजामती ऐन ल्याउने तयारी भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस