महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आठौँ संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज शुक्रबार दुई खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरू हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘ए’ मा रहेका बङ्गलादेश र न्युजिल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

दुवै देश पहिलो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेका दुवै देश अङ्क विहीन रहेका छन् । दुई देशबीचको पछिल्लो चार टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड अपराजित रहेको छ ।

आज नै हुने दोस्रो खेलमा समूह ‘बी’ मा रहेका आयरल्यान्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०:४५ बजे आयोजना हुनेछ ।

दुवै देश पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो दुवै खेल हारेका उनीहरू अङ्कविहीन रहेका छन् । दुई देशबीचको पछिल्लो चार टी-ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा वेस्ट इन्डिज अपराजित रहेको छ ।

दुवै खेल केप टाउनमा हुनेछ । यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक विजेता अष्ट्रेलिया,श्रीलङ्का,बङ्गलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पूर्व विजेताहरू इंग्ल्याण्ड र वेस्ट इन्डिज,आयरल्यान्ड,भारत र पाकिस्तान रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस