खुला विश्वविद्यालयमा डीन नियुक्तिका लागि सर्च कमिटी गठन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

खुला विश्वविद्यालयमा डीन नियुक्तिका लागि सर्च कमिटी गठन


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाल खुला विश्वविद्यालय, कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि सर्च कमिटी गठन गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रा. डा. राजेन्द्र ध्वज जोशीको संयोजकत्वमा पाँच सदस्यीय सर्च कमिटी गठन गरेको हो ।

सर्च कमिटीले खुला विज्ञापन गरेर डीन नियुक्तिका लागि सिफारिस गर्ने र कार्यकारी परिषद्ले नियुक्त गर्नेछ ।

२०७८ भदौदेखि व्यवस्थापन तथा कानुन सङ्काय र समाजशास्त्र तथा शिक्षा, २०७८ पुस यता विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय डीनविहीन बनेको हो ।

दलहरुबीच भागबन्डा नमिलेका कारण लामो समयदेखि विश्वविद्यालयका तीन वटा सङ्काय प्रमुख विहीन छन् । तर, अब यो समस्या चाँडै समाधान हुने विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शिलु मानन्धर बताउँछिन् ।

उनी भन्छिन्, ‘विविध कारणले डीन नियुक्ति गर्न समस्या भएको थियो । सर्च कमिटी नै गठन गरिएकोले अब यो समस्या चाँडै समाधान हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस