वाणिज्य विभाग बबरमहलबाट तीनजना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वाणिज्य विभाग बबरमहलबाट तीनजना पक्राउ


४ फाल्गुन २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-११, बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौँमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिने भन्दै रकम माग्ने तीनजना बिचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्य विनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस