सांसद भण्डारीलाई भेट्न देउवा पुगे कीर्तिपुर अस्पताल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सांसद भण्डारीलाई भेट्न देउवा पुगे कीर्तिपुर अस्पताल


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा बिहीबार बिहान अस्पताल पुगेका हुन् ।

गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस