विश्व बैंकका प्रमुख मालपासले दिए राजीनामा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विश्व बैंकका प्रमुख मालपासले दिए राजीनामा


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौा । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा दिने घोषणा गरेका छन्।

आफ्नो कार्यकाल पूरा हुनुअघि डेभिडले राजीनामा दिएका हुन्। डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा उनी विश्व बैंकको प्रमुख बनेका थिए।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए। जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन्।

६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु। सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो।’

Tags :
प्रतिक्रिया दिनुहोस