काँग्रेसले गर्‍यो मधेस प्रदेशसभा बैठक अवरुद्ध « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसले गर्‍यो मधेस प्रदेशसभा बैठक अवरुद्ध


३ फाल्गुन २०७९, बुधबार


जनकपुरधाम । संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा नेपाली काँग्रेसले मधेस प्रदेशसभा बैठक अवरोध गरेको छ ।

संसदीय दलमा अतिथिलाई आउन मर्यादा पालकले आउन नदिएको भन्दै काँग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए । प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ ।

यता सभामुख रामचन्द्र मण्डलले तपाईँको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गरे ।

‘यदि तपाईँको अतिथि बम लिएर प्रदेशसभा भित्र छिर्न खोज्यो भने छिर्न दिने की नदिने ?’ सभामुख मण्डलले प्रश्न गरे । त्यसपछि काँग्रेसका एक सांसदले सभामुखको उक्त कुराको विरोध गरे । १० मिनटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस