‘अख्तियार अनुसन्धानलाई फाइल खोजेर थुन्नलाई कसले रोकेको छ ?’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘अख्तियार अनुसन्धानलाई फाइल खोजेर थुन्नलाई कसले रोकेको छ ?’


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन्।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टाचारीहरूको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे।

‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो। अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ ? त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ? त्यसैले हामीले हाम्रो संसद्लाई विभिन्न विषयहरूको छलफलको थलो बनाउनुपर्छ।’

सांसद भण्डारीले संसद्लाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रूपमा अघि बढाउनुपर्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस