४० कटेका विद्यार्थीलाई अखिलमा नटाँसिन सुझाव « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

४० कटेका विद्यार्थीलाई अखिलमा नटाँसिन सुझाव


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले विरोधको राजनीतिले मात्रै कसैको पनि जीविका निर्वाह नहुने बताएका छन् । 

काठमाडौँमा मङ्गलवारबाट सुरु भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै नेता ढकालले समृद्धि नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकाङ्क्षा पुरा गर्न विरोधको राजनीति गर्न छाड्नुपर्ने बताए । 

‘समृद्ध नेपाल : सुखी नेपाली’को सपना विरोधको राजनीतिले मात्रै पुरा हुँदैन र विरोधले मात्र अव हाम्रो जीविका निर्वाह हुँदैन भन्ने कुरामा प्रस्ट हुन जरुरी छ’, पूर्व विद्यार्थी नेता समेत रहेका ढकालको भनाइ छ । 

नेता ढकालले नेपालको राजनीतिमा अनेरास्ववियुको भूमिका ऐतिहासिक रहेको भन्दै अनेरास्ववियु अझै रचनात्मक ढङ्गले अघि बढ्नुपर्ने बताए ।

उनले ४० कटेका विद्यार्थीहरूलाई अझै विद्यार्थी राजनीति गर्ने आकाङ्क्षा छोडेर पार्टी राजनीतिमा आउन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस