२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा आजदेखि लाइसेन्समा ग्रेडिङ सिस्टम लागू, ७० अङ्क ल्याए ट्रायल पास

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो ।

अन्य प्रदेशमा लागू भइसकेको यो नियम बागमती प्रदेशका पाँच वटै यातायात कार्यालय र ट्रायल सेन्टरमा पनि लागू हुन लागेको हो । यो अंकभार लागू भएपछि ट्रायल दिनेमध्ये झन्डै ७० प्रतिशत उत्तीर्ण हुने अनुमान छ ।

यसअघि कडा नियम हुँदा ३५ प्रतिशतले मात्रै ट्रायल कटाउँथे । यातायात व्यवस्था विभागका अनुसार हाल ट्रायलका लागि लिखित फाराम भर्नेको संख्या झन्डै ३० हजार छ । लाइसेन्स लिन असहज हुने र समयमै पालो नआउने भएपछि कतिपयले विना लाइसेन्स सवारी हाँकिरहेका छन् । नयाँ नियम लागू भएपछि तत्कालका लागि यातायात कार्यालयमा लाइसेन्स लिन पुग्नेको चाप बढ्ने र बिस्तारै घट्ने अपेक्षा गरिएको छ ।

मंगलबारदेखि ७० को अंकभार लागू गर्न सोमबार यातायात कार्यालय कुमारी हलमा अभ्यास गरियो । यसअघि जनशक्ति नभएको बहानामा बागमतीमा यो नियम लागू भएको थिएन । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दबाबपछि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले पनि लागू गर्न लागेको हो । यो नियम लागू गरेपछि जनशक्तिको अभाव नहुने यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले बताए ।

७० अंकभारको नियम लागू भएसँगै सुरुवाती समयमा सेवाग्राहीको चाप बढ्ने भएकाले यातायात कार्यालयले शनिबार पनि ट्रायल दिन पाउने नियम लागू गर्ने तयारी गरेका छन् । बागमती प्रदेश सरकारको निर्देशनपछि सबै कार्यालयले यो नियम लागू गर्नका लागि तयारी गरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।