इंग्लिस प्रिमियर लिग : लिभरपुलले एभर्टनलाई हरायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इंग्लिस प्रिमियर लिग : लिभरपुलले एभर्टनलाई हरायो


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पार्ने क्रममा लिभरपुलले मर्सिसाइड डर्बीमा एभरटनलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि मोहमद सालह र कोडी गाक्पोले गोल गरे ।

सालहले ३६औं मिनेटमा डार्विन नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा गाक्पोले गोल थपे । गोक्पोले ४९औं मिनेटमा गोल गर्दै लिभरपुलका लागि लिगमा डेब्यु गोल गरे ।

सिन डायसले प्रशिक्षण सम्हालेको पहिलो खेलमै एभरटनले लिग लिडर आर्सनललाई पराजित गरेको थियो । तर लिभरपुलसँग भने आफैँ पराजित भयो ।

जितपछि लिभरपुलले अंकतालिकामा एक स्थान सुधार गर्दै चेल्सीलाई पछि पारेको छ । लिभरपुल २१ खेलबाट ३२ अङ्क जोडेर नवौँ स्थानमा उक्लेको छ । चेल्सी २२ खेलबाट ३१ अङ्कसहित दशौँ स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस