नेपालले राहत दिएपछि टर्कीका राजदूतले भने, ‘नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालले राहत दिएपछि टर्कीका राजदूतले भने, ‘नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद’


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाल सरकारले टर्कीको भूकम्प पीडितलाई सहयोग गरेपछि टर्कीका राजदूतले नेपाली भाषा प्रयोग गरेर धन्यवाद दिएका छन् ।

दिल्लीमा रहेर भारत र नेपाल हेर्ने राजदूत फिरात सुनेलले नेपालले दिएको २२ टन बढीको राहत सामाग्री प्रति आभार व्यक्त गरेका छन् ।

सुनेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सम्पूर्ण नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद । थ्यान्क यू नेपाल ।’

हिजो सोमबार अपराह्न नेपालले दिएको २२ टन बढीको राहत सामाग्री टर्कीस एयरलाइन्सबाट पठाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस