कस्तो रहला आजको मौसम ?  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कस्तो रहला आजको मौसम ? 


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो पनि देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि  देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको  हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तत्काल वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस