प्लास्टिक जलाउनेलाई कारबाही हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्लास्टिक जलाउनेलाई कारबाही हुने


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ। पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ ।

औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ ।

पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिए ।

उपयुक्त स्थानमा जग्गाको प्रबन्ध गरी प्रविधियुक्त ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नुको विकल्प नभएको उनले बताए ।

कुनै पनि हालतमा औद्योगिक क्षेत्रबाट निस्कने रासायनिक पदार्थ र पानीलाई बाहिर ढलमा मिसिनुभन्दा पहिले नै प्रशोधन गर्नुपर्ने उनले बताए । प्लास्टिक जलाउने जो कोहीलाई महानगरपालिकाले तत्कालै कारबाही गर्ने प्रमुख आचार्यले बताए ।

छलफलमा सहभागी पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले यस विषयमा आफूहरू गम्भीर रहेको बताए । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख किशोरकुमार पाण्डेले वातावरण सुधारका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस