१० नयाँ राजदूत नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१० नयाँ राजदूत नियुक्त


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको निर्णयअनुसार विभिन्न १० देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । 

नवनियुक्त राजदूतहरूमा नेपालका लागि चेन सोङ नियुक्त भएका छन् । 

त्यसैगरी सिरियाका लागि शि होङवेई, ट्युनिसियाका लागि वान ली, मध्य अफ्रिकी गणतन्त्रका लागि ली छिन्फेङ, सियरा लियोनका लागि वाङ छिङलाई राजदूत नियुक्त गरिएको छ ।  

त्यसैगरी नामिबियाका लागि झाओ वेपिङ, नर्वेका लागि होउ युलाई नयाँ राजदूत नियुक्त गरिएको छ । 

यसैगरी इटाली र सान मारिनोका लागि जिया गाइडलाई, फिजीका लागि झोउ जियान र एल साल्भाडोरका झाङ यानहुईलाई राजदूत नियुक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस