भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ : प्रधानमन्त्री प्रचण्ड


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा आफूहरू रहेको बताएका छन् । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताए । 

बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । “सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उनले भने, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ ।” उनले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताए । उनले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गरे । 

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समेत निरीक्षण गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस