प्रहरीको भ्यानमा आगजनी गर्ने चारजना पक्राउ, यातायात आवागमन ठप्प « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रहरीको भ्यानमा आगजनी गर्ने चारजना पक्राउ, यातायात आवागमन ठप्प


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बालाजु क्षेत्रमा प्रहरीको भ्यानमाथि आगजनी गर्ने र सवारी आवागमन अवरोध पुर्‍याउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ढुंगामुढा र आगजनीमा संलग्न अन्यको खोजी कार्य भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन सवारी आवागमन ठप्प पारिएको छ । 

प्रदर्शनकारीको आक्रमणबाट प्रहरीको अस्थायी विट तोडफोड भएको छ भने दुईवटा भ्यान जलाइएको छ । घटनामा १० जना प्रहरी घाइते भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

उनले प्रहरीले बल प्रयोग नगरेकोले प्रदर्शनकारीहरू घाइते नभएको बताए । प्रदर्शनकारीको ढुंगामुडाबाट एक दर्शन बस तथा निजी सवारीसाधनमा क्षति पुगेको छ । 

यता, मजदुर सङ्गठनले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी र ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीको आक्रमणबाट एक दर्जन मजदुर घाइते भएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस