रमेश प्रसाईँ र ज्वाला सङ्ग्रौला बने रास्वपाको केन्द्रीय सदस्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रमेश प्रसाईँ र ज्वाला सङ्ग्रौला बने रास्वपाको केन्द्रीय सदस्य


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सञ्चारकर्मी तथा अभियन्ता रमेश प्रसाईँ र अर्की अभियन्ता ज्वाला सङ्ग्रौला चयन भएका छन् । 

सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रसाईँ र सङ्ग्रौलालाई केन्द्रीय सदस्य चयन गरेको सो पार्टीले जनाएको छ । 

दुबै जनाको सामाजिक सञ्जालमा समेत चर्चा हुने गर्छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले १६ जना केन्द्रीय सदस्य थपेको छ । यससँगै पार्टीको केन्द्रीय समिति ४० सदस्यीय पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस