२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले तोक्यो मिसन ग्रासरुटका लागी फिल्ड कमाण्डर र अनुगमनकर्ता 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीका करिब ९ लाख सङ्गठित सदस्यसहित देशभरका लाखौँ कार्यकर्ताहरूलाई एकै पटक सक्रिय गराउन २ महिने अभियान थालेको छ । फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा अभिमुखीकरण गरेर सो अभियान अघि बढ्ने भएको छ ।

सोमबार महासचिव शङ्कर पोखरेलले मिसन ग्रासरुट अभियान सञ्चालनबारे स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका छन् । सातै प्रदेशमा एकै पटक चैत मसान्तसम्म चल्ने सो अभियानमा केन्द्रीय पदाधिकारीहरू पनि खटिने भएका छन् ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

अनुगमनको जिम्मा पाएका उपाध्यक्षहरू आ-आफ्नो प्रदेशमा फागुन ५ गते हुने केन्द्रीय सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् भने आवश्यकताका आधारमा विभिन्न जिल्लाहरूमा पनि जाने बताइएको छ ।

मिसन ग्रासरुट अभियानमा प्रत्येक सदस्य जोडिने र नेता कार्यकर्ताहरू परिचालन हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । रिजालका अनुसार जिल्लामा सदस्यता नवीकरणदेखि अग्रजहरूको सम्मानलगायतका कार्यक्रमहरू हुनेछन् ।

हरेक केन्द्रीय सदस्य गाउँपालिका तहसम्म खटिने र जुन जिल्लाको हो त्यसभन्दा बाहिर अर्को जिल्लामा खटाइने एमालेले योजना बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले फिल्ड कमाण्डरहरूलाई डायरी र कलम सँगै लिएर पार्टीका तलसम्मकै कार्यकर्ता तथा कमिटीका समस्याहरू टिपेर ल्याउन भनेका छन् ।

प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २ महिने अभियानको अनुगमन गर्दा फिल्ड कमाण्डरका रूपमा सचिव टोपबहादुर रायमाझी तोकिएका छन् । त्यस्तै मधेस प्रदेशको अनुगमन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने सचिव रघुवीर महासेठ फिल्ड कमाण्डर हुनेछन् ।

बागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले अनुगमन र सचिव गोकर्ण विष्टले फिल्ड कमाण्ड गर्दा गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली अनुगमनमा खटिएका छन् भने सचिव पद्मा अर्याल फिल्ड कमाण्डर तोकिएकी छन् ।

त्यस्तै लुम्बिनीमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् भने सचिव छविलाल विश्वकर्मा फिल्ड कमाण्डर तोकिएका छन् । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिएका छन् ।

सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल अनुगमन र सचिव लेखराज भट्ट फिल्ड कमाण्डर तोकिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।