उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीप लाइन उद्घाटन गरेका छन् ।

आज बिहान जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए । जीप लाइनको अनुभव लिँदै उनले भने, ‘जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।’

करिब तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीप लाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस