आन्दोलनले उग्ररूप लिएपछि प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्दोलनले उग्ररूप लिएपछि प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रूप लिँदै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस