सभामुख घिमिरे बेलायती राजदूत पोलिटबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुख घिमिरे बेलायती राजदूत पोलिटबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बेलायती राजदूत निकोला पोलिट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो ।

प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।

बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार-सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे ।

बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो ।

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् । उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।

गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरूको उपस्थितिले नयाँपन आउने अपेक्षा राजदूत पोलिटको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस