नेपालद्वारा टर्कीलाई २२ टन राहत सामग्री सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालद्वारा टर्कीलाई २२ टन राहत सामग्री सहयोग


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरू आज दिउँसो टर्की पठाइएको हो ।

त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरू समावेश छन् ।

गत सोमबार आएको शक्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लगत्तै २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस