पूर्व राज्यमन्त्री वलीद्वारा पार्टी परित्यागको घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्व राज्यमन्त्री वलीद्वारा पार्टी परित्यागको घोषणा


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।

वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी बताइन् ।

‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ’, उनले भनिन्, ‘अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’ माघ २२ गते माओवादी केन्द्रले केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिसहितको सूची टुङ्गो लगाएको थियो । त्यसमा मात्रै नभएर जिल्ला कमिटीमा समेत आफूलाई नराखिएको उनको गुनासो छ ।

उनका श्रीमान् तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

नेकपा विघटन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनीमा शङ्कर पोखरेलको सरकार ढलेपछि उनी माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् । राज्यमन्त्री हुँदा उनी विवादमा समेत तानिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस