नेपाल–भारत परराष्ट्र सचिवबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल–भारत परराष्ट्र सचिवबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल भ्रमणका लागि केही बेरअघि काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौडेलसँग भेटवार्ता सुरु गरेका छन्।

होटेल याक एन्ड यतीमा क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरिरहेका हुन्।

भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ। नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन।

तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो।

त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ। क्वात्राले आजै दिउँसो २ बजे परराष्ट्र मन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन्।

यसैगरी दिउँसो ३ बजे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।

यसपछि बेलुकी ६ बजे क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

Tags :
प्रतिक्रिया दिनुहोस