महिला टी-ट्वान्टी विश्वकप : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला टी-ट्वान्टी विश्वकप : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । भारतले आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा विजयी सुरुआत गरेको छ।

केप टाउनमा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेर भारतले सुखद सुरुआत गरेको हो।पाकिस्तानले दिएको १ सय ५० रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि जेमिमा रोट्रिजेजले ३८ बलमा ५३ रनको अविजित ईनिङ खेल्दा शफाली बर्माले ३३ रन बनाइन्। रिचा घोषले अविजित ३१ रन बनाइन्। यात्सिका भाटियाले १७ रन बनाउँदा कप्तान हरमनप्रित कौरले १६ रन बनाइन्।

पाकिस्तानका लागि नशरा सन्धुले २ तथा सादिया ईकवालले १ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो। पाकिस्तानका लागि कप्तान विस्मा मारुफले अविजित ६८ रन बनाइन्। अयाशा नसिमले ४३ रन बनाइन्।

भारतका लागि राधा यादवले २ तथा दीप्ति शर्मा र पूजा भातस्करले समान १/१ विकेट लिइन्। जितसँगै भारत १ खेलमा २ अंकका साथ समूह बी को दोस्रो स्थानमा उक्लिएको छ।​

गए राति नै भएको अर्को खेलमा श्रील्रकाले बङ्गलादेशलाई ७ विकेटले हरायो ।

Tags :
प्रतिक्रिया दिनुहोस