अर्थतन्त्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्थतन्त्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री पौडेल


२९ माघ २०७९, आइतबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी नराखेको बताएका छन् । मन्त्री पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार यस्तो बताएका हुन् । 

“हामीलाई हिजोको अवस्था चर्चा गरेर समय बिताउनु छैन । जसरी भए पनि अर्थतन्त्र सुधार गर्नु छ,” मन्त्री पौडेलले भने, “सरकारले अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी राखेको छैन ।”

उनले सरकारी वित्तको सन्तुलन कायम गर्न आफूहरू प्रयासरत रहेको बताए । राजस्व सङ्कलनको लक्ष्य पूरा हुने अवस्था नरहेको जनाउँदै उनले अर्थतन्त्रको चुनौती कम गर्न सरकारले ठोस कदम चाल्न नसकेको खण्डमा ठूलो समस्यामा जाने बताए ।

त्यस्तै, मन्त्री पौडेलले पुँजीगत क्षेत्रको विकास गर्न बाह्य लगानी बढाउने, विप्रेषणलाई आन्तरिक उत्पादन बढाउनमा प्रोत्साहन गर्न, निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको बताए । 

अर्थतन्त्र सुधार गर्न सूचना प्रविधिको क्षेत्रमा काम गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । विद्यमान आर्थिक चुनौतीमा सुधार ल्याउन सबैले निरन्तर मिलेर काम गर्न आवश्यक रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस