‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’


२९ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज (आइतबार) गृह जिल्ला झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन् ।

सरकारलाई काम गर्न नदिने तत्त्वहरू सक्रिय रहेको उनले बताए । ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरू पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे । उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरू भएको दाबी गरेको छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस