रेशम चौधरीलाई रिहा गर्नै पर्छ : माधव नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रेशम चौधरीलाई रिहा गर्नै पर्छ : माधव नेपाल


२९ माघ २०७९, आइतबार


धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्।

आज समाजवादी प्रेस सङ्गठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे।

उनले भने, ‘उहाँ (रेशम)लाई रिहा गर्न आवश्यक छ । रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुङ्गो लगाउनु राम्रो हुन्छ।’

यस्तै अध्यक्ष नेपालले रेशमलाई रिहा गर्न सरकारसँग पनि आग्रह गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस