चिकित्सकको बन्दका कारण बिरामी अलपत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सकको बन्दका कारण बिरामी अलपत्र


प्रशासन संवाददाता

२९ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटेको विरोधमा आज आकस्मिक सेवा बाहेक सबै अस्पतालहरू बन्द गरेको छ ।

चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौँ वीर अस्पतालका बिरामीहरू अलपत्रमा परेका छन् ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा हिडेको भन्दै ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठीचार्ज गरेको थियो ।

चिकित्सकमाथि हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सबै सेवा ठप्प भएपछि उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् ।

सरकारले सो घटनामा संलग्न वरिष्ठ उपरीक्षकलाई निलम्बन समेत गरेको छ । तर चिकित्सक सङ्घले भने अझै आन्दोलन फिर्ता लिएको छैन ।

आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र चिकित्सक सङ्घका पदाधिकारीबिच वार्ता भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस