केपी ओली आज गृह जिल्ला झापा जाँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केपी ओली आज गृह जिल्ला झापा जाँदै


२९ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन्।

झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा जान लागेका हुन्।

ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। ओली भोलि काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस