विप्लव नेतृत्वको नेकपाद्वारा सङ्घर्षका कार्यक्रम घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विप्लव नेतृत्वको नेकपाद्वारा सङ्घर्षका कार्यक्रम घोषणा


२८ माघ २०७९, शनिबार


रुपन्देही । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) रुपन्देहीले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेकपा रुपन्देहीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई लिएर सङ्घर्ष गर्ने भएको हो ।

पछिल्लो समय बैङ्क तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घर बहाल भाडा एवं मिटरब्याजीहरुको कारण उद्योगी व्यवसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुँजीको संरक्षण गर्दै उद्योग व्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अङ्कमा झार्न दबाब दिने र समस्याको किटान गरी कारबाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सीले जानकारी दिए ।

नेता शरदले स्थानीय स्तरमा भएका समस्या भूमिहीन तथा सुकुम्वासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पीडितका उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थापन लगायतका समस्या, ज्योति नगर पहिरो पीडितका समस्या, स्थानीय तहमा विकास निर्माणदेखि सङ्घ संस्थामा देखिएका भ्रष्टाचार र विसङ्गतिका समस्याहरूमा आफ्नो पार्टीले ठोस् कार्यक्रम बनाएर सङ्घर्ष गर्ने बताए ।

पार्टीका जिल्ला सेक्रेटरी वीरेन्द्र सीले फागुन १ गते बुटवलमा जनयुद्धका उपलब्धि र समस्या विषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह विविध कार्यक्रम गरी मनाउने, जनसम्बन्ध बिस्तार अभियान २०७९ लगायतका कार्यक्रम गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस