अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना, एक किशोरको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना, एक किशोरको मृत्यु


२८ माघ २०७९, शनिबार


अर्घाखाँची । पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पाणिनि–८ पालीमा आज लु२त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

ट्र्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस