राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह


२८ माघ २०७९, शनिबार


दाङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका छन् ।

आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुरानो गठबन्धनबुतिनेनबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको बताए ।

प्रतिपक्षमा रहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने बताए । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनले आशय थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस