जातीय भेदभाव मुद्दाका फरार दोषी जेल चलान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जातीय भेदभाव मुद्दाका फरार दोषी जेल चलान


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । अदालतले तीन वर्ष जेल सजायको फैसला सुनाएपछि फरार रहेका एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

शरीर बन्धक र जातीय भेदभावसम्बन्धी मुद्दामा तीन वर्ष जेल सजायको फैसला भएपछि फरार रहेका मन्थली नगरपालिका–६ का शेरबहादुर नगरकोटीलाई प्रहरीले बिहीबार जेल चलान गरेको हो ।

रामेछाप जिल्ला अदालतले गत भदौ २९ गते नगरकोटीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा तीन वर्ष ५ महिना ८ दिन कैद र २५ हजार जरिवाना तथा जातीय छुवाछुत मुद्दामा ११ महिना ८ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलासँगै उनी फरार रहेका थिए ।

नगरकोटीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस