एमाले नेताहरूको जिम्मेवारी हेरफेर, २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले नेताहरूको जिम्मेवारी हेरफेर, २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले दुई महिने अभियान चलाउने भएको छ । फागुन र चैत महिनामा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको हो ।  बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै बैठकले नेताहरूको जिम्मेवारी समेत हेरफेर गरेको छ । 

एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ । 

यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेको ठाउँमा गौतमलाई जिम्मेवारी दिइएको हो । त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी बिन्दा पाण्डेलाई चयन गरेको छ । निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपाङ्गता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेस प्रदेशको सभामुख भएकाले सो स्थानमा सिला यादवलाई जिम्मेवारी दिएको छ । 

एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त अभियान फागुन र चैत २ महिनाभर चल्ने छ ।  त्यसका लागि एमालेले विभिन्न ११ वटा कार्यादेश तोकेर केन्द्रीय सदस्यहरूलाई गाउँ तहसम्म पठाउनेछ । यस क्रममा सदस्यता नवीकरण, वितरण, पुराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम गर्नेछ ।

अभियानको सुरुवात फागुन ५ गते सातै प्रदेशबाट एकै पटक हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस