राहत सामग्री लिएर परराष्ट्रको टोली टर्की जाँदै, स्वास्थ्यकर्मी नपठाइने  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राहत सामग्री लिएर परराष्ट्रको टोली टर्की जाँदै, स्वास्थ्यकर्मी नपठाइने 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत सामग्रीमात्रै पठाइने भएको छ ।  

आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले तत्काललाई औषधि र राहत सामग्री मात्रै पठाउने निर्णय गरेको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलका अनुसार टर्की सरकारकै अनुरोधमा तत्काललाई मेडिकल सामग्री र राहत सामग्री पठाउन लागिएको हो । राहत सामग्री पुर्‍याएर फिर्ता हुनेगरी परराष्ट्र मन्त्रालय नेतृत्वको टोली त्यसतर्फ जानेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस