प्रदेशसभामा पराजित नेता प्रधानमन्त्री र मुख्यमन्त्रीको सल्लाकारमा मनोनीत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रदेशसभामा पराजित नेता प्रधानमन्त्री र मुख्यमन्त्रीको सल्लाकारमा मनोनीत


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा गुल्मीको क्षेत्र नं २ को २ मा पराजित भएका माओवादी नेता बुद्धि जिसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जनसम्पर्क विज्ञमा नियुक्त भएका छन् ।

पार्टीको गुल्मी अध्यक्षमा रहेका उनी एमाले नेता दिनेश पन्थीसँग पराजित भएका हुन् ।

त्यसै गरी रुपन्देहीको क्षेत्र १ को २ बाट पराजित भएका एमाले नेता दधिराम न्यौपाने लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य न्यौपाने काँग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाकसँग पराजित भएका हुन् ।

चुनावी नतिजामा पास हुन नसकेका नेताहरू प्रधानमन्त्री र मुख्यमन्त्रीले भने तत्काल व्यवस्थापनमा चासो दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस