नाउपाले अडान नछोड्दा बढ्यो काँग्रेस नेताहरूको सक्रियता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नाउपाले अडान नछोड्दा बढ्यो काँग्रेस नेताहरूको सक्रियता


२६ माघ २०७९, बिहिबार


धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने अडान लिइरहेका बेला नेपाली काँग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।

आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै काँग्रेस नेताहरुले भने सक्रियता बढाएको छ ।

प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका थिए । सभामुख भीमबहादुर भण्डारीसँग बलायरले आपत्ति नै जनाएका थिए । बुधवारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै बलायरले आपत्ति जनाएका थिए ।

‘सभामुख साझा व्यक्ति भएका कारण यस्तो गर्नुहुदैन्थ्यो भन्ने हाम्रो भनाइ हो । यसमा हाम्रो आपत्ति छ’ काँग्रेस प्रदेश सभा सदस्य मेघराज खड्का भन्छन् ।

उनकाअनुसार सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रूपमा काँग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।

काँग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । काँग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी बुधवारको छलफलमा सहभागी थिए ।

नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठुलो पार्टीको हैसियतमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन नै दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस