भैरव प्रसाद गणले लोकनृत्य प्रतियोगिता गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भैरव प्रसाद गणले लोकनृत्य प्रतियोगिता गर्ने


२५ माघ २०७९, बुधबार


डोटी । डोटी सिलगढीमा अवस्थित नेपाली सेनाको भैरव प्रसाद गणले डोटीमा शुक्रबार अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

डोटेली लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न गइरहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । 

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको समेत प्रमुख सेनानी कार्कीले बताए । 

यस अघि भैरव प्रसाद गणले डोटीमा खप्तड शैलेश्वरी म्याराथन दौड प्रतियोगिता, खप्तड फुटबल प्रतियोगिता लगायत विभिन्न विद्यामा खेलकुदको आयोजना गरिसकेको छ । स्थानीय सांस्कृतिक तथा परम्पराहरूमा समेत सहभागिता जनाउँदै आएको भैरव प्रसाद गणले नेपाली सेना दिवस माघ २७ गतेबाट साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । 

सेना दिवसकै अवसरमा भैरव प्रसाद गणले सो प्रतियोगिता आयोजना गरिरहेको हो ।

फागुन ६ गते नेपाली सेना दिवसको अवसर पारेर लोक संस्कृति, भैरव प्रसाद गणसँग रहेको ऐतिहासिक भेषभूषा तथा युद्धकला, विभिन्न ज्ञानमूलक सन्देशहरूको समेत प्रदर्शन गर्ने तयारी रहेको समेत जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस