एलपीएल : लिटल आई र होली फेमिली विजयी  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एलपीएल : लिटल आई र होली फेमिली विजयी 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौँ दिन सम्पन्न दुईवटा खेलमा लोटस आई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन्। 

दिनको पहिलो खेलमा लिटल आई स्कुल अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित गर्‍यो।

लोटसले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।

लोटस आईको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको लोटस आईले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १८१ रन बनायो।

दिनको दोस्रो खेलमा होली फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित गर्‍यो। 

नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमा भेटायो। 

यस अघि टस जितेर ब्याटिङ गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ११५ रन बनायो।

प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुने छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस