परराष्ट्र मन्त्री र बेलायतका रक्षा मन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

परराष्ट्र मन्त्री र बेलायतका रक्षा मन्त्रीबीच भेटवार्ता


२५ माघ २०७९, बुधबार


काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ।

सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पौड्यालले कोभिड-१९ महामारीका समयमा नेपाललाई सहयोग गरेकामा बेलायत सरकारलाई धन्यवाद दिइन्।

आजै परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैर आवासीय राजदूत अदाम बुराकोवस्कीले बिदाइ भेट गरे।

यस्तै मन्त्री पौड्याल र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त जुट्टा उर्पिलेननबीच पनि आज भेटघाट भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस