ओली र श्रेष्ठबीच वार्ता जारी  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओली र श्रेष्ठबीच वार्ता जारी 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालकोटस्थित ओलीनिवासमा छलफल चलिरहेको छ । 

झन्डै चार घण्टादेखि जारी छलफल सुदूरपश्चिम प्रदेश सरकारको भविष्यको विषयमा केन्द्रित रहेको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलिसम्ममा विश्वासको मत नपाए सरकार स्वतः ढल्नेछ । तर, सरकार बचाउन मुख्य शक्तिको रूपमा रहेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेको छ । 

एमाले संसदीय दलका नेतासमेत रहेका रावल नेतृत्वको सरकार ढल्ने सम्भावना बढेपछि एमाले अध्यक्ष ओली समाधानका लागि निर्णायक वार्तामा बसेका हुन् । स्रोतका अनुसार उनले श्रेष्ठलाई जेलमा रहेका रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक नै रहेको भन्दै सरकारले आवश्यक प्रक्रिया पूरा गर्ने विश्वास दिलाउने प्रयास गरिरहेका छन् । 

श्रेष्ठले भने चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत नदिने अडान राखेकी छिन् । 

Tags :
प्रतिक्रिया दिनुहोस