प्रमुख सुबेदार र ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सम्पन्न  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख सुबेदार र ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सम्पन्न 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । जङ्गी अड्डामा सञ्चालित दुई दिने ‘प्रमुख सुबेदार र जेष्ठ सुबेदार समन्वयात्मक बैठक-२०७९’ को बुधबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्।

कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी शर्माले प्रमुख सुबेदार र जेष्ठ सुबेदार युनिट तथा सब-युनिटका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुका साथै नेपाली सेनाको मेरुदण्डको रूपमा रहँदै आएको बताए।

उनले प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले प्रदर्शन गर्ने व्यावसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासबाट पल्टनको तयारी, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारीलगायत क्षेत्रमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन दिए।

सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको कार्यान्वयनका दौरान देखिएका व्यावहारिक पक्षको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय-सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागलाई निर्देशनसमेत दिए।

Tags :
प्रतिक्रिया दिनुहोस