सप्तरीमा भारतीय समूहले चलायो गोली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा भारतीय समूहले चलायो गोली


२५ माघ २०७९, बुधबार


काठमाडौँ । सप्तरीमा गोली चलेको छ। 

बुधबार हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। 

उनका अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो। 

कोसी पारी गाईबस्तुहरू हराउन थालेपछि स्थानीयले एक जना पुरुषलाई भारतबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय महेन्द्र पासवानको घरमा राखिएको थियो। 

आफ्ना मान्छेलाई समातेर लगेको भनेर भारतीय पक्षको समूह आएको एसपी कार्कीले बताए। उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए। 

गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ। घटनास्थल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्टबाट टाढा भएको पनि उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस