संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गरौँ : सुवास नेम्वाङ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गरौँ : सुवास नेम्वाङ


२५ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न प्रस्ताव गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा पूर्व सभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 

संसद भवनको मूलगेटमा पत्रकारहरू बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर पत्रकार कक्ष बनाउन उपयुक्त हुने नेम्वाङको भनाई छ । उनले पत्रकार कक्ष दलका नेताहरू, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरूलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने धारणा राखे ।

उपाध्यक्ष नेम्वाङले पत्रकारहरूले संसद्को मूलगेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने समेत बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस