सनातन धर्म संस्कृतिलाई मास्न खोजियो, अब चुप बस्दैनौँ : कमल थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सनातन धर्म संस्कृतिलाई मास्न खोजियो, अब चुप बस्दैनौँ : कमल थापा


२५ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रूपमा मास्न खोजिएको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले योजनाबद्ध र सङ्गठित रूपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गर्ने गरिएको बताए । 

“किरात धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरू अल्पमतमा पर्नेछन् । यो सामान्य विषय होइन,” थापाले भने, “यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुन्छ । चुप लागेर बसेमा हामी दिनप्रतिदिन कमजोर हुन्छौँ ।”

अध्यक्ष थापाले मौलिक धर्म संस्कृति जोगाउन नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने बताए । 

कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ र राजाराम बर्तौलाले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने बताए । 

पार्टीको उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुनभित्र पार्टीका वडा कमिटी गठन र पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस