अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता


२५ माघ २०७९, बुधबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् ।

भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।

उनले यसअघि मङ्गलवार परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

दुई दिने नेपाल भ्रमणमा मङ्गलवार काठमाडौँ पुगेकी उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी बुधबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

स्वदेश फर्किनुअघि साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस