राष्ट्रपतिबारे छलफल गरेर सहमतिमा अगाडि बढ्न प्रचण्ड-ओली सहमत « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिबारे छलफल गरेर सहमतिमा अगाडि बढ्न प्रचण्ड-ओली सहमत


२५ माघ २०७९, बुधबार


काठमाडौँ । भावी राष्ट्रपतिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच लामो छलफल भएको छ ।

सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ । बुधवार ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिँदै भने, ‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ ।’

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमाले र काँग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र काँग्रेसले फरक–फरक उम्मेदवार उठाउने भएपछि एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिएपछि एमाले अध्यक्ष ओलीले एमालेलाई पाखा लगाएर काँग्रेससँग सहकार्य गर्न खोजिएको आशङ्का गरिरहेका छन् । यस्तोमा सत्ता गठबन्धनभित्रै ‘खटपट’ को अवस्था देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस